नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ।
आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक करिब ६६ अङ्कले बढेर २७९८ अङ्कमा पुगेर अहिले २७६०.२५ अङ्कमा झरेको छ। नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसूचक केही घटेको हो। यद्यपि, अघिल्लो कारोबारको तुलनामा सबै परिसूचकहरू बढेरै कारोबार भइरहका छन्।
यस बेला सम्म कुल ३ अर्ब ६७ करोड २ लाख ३६ हजार रुपैयाँको ८४ लाख ७९ हजार ८५४ कित्ता शेयर किनबेच भएको छ।
मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो।