नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ। इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो। परिवर्तित मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ।
खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाइएको छ।