नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज शपथ लिने भएकी छिन्।
बुधवार साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई शपथ ग्रहण गराउने छन्।
मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए।
न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन्। घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मङ्गलवार नै पदबाट राजीनामा दिएका थिए।
उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन्।