ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औँ  घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना हुँदा हुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन्। 
आइतबार काठमाडौँमा आयोजित सामुदायिक विद्युतीकरण उपभोक्ता महासङ्घको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्ने जति विद्युत् आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए।
उनले भने,‘२४ औँ घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना छ। तर यसमा दबाब ,चुनौतीहरू छन्। हामीलाई आवश्यक पर्ने जति विद्युत् आफै उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेको छ।’
त्यस्तै, उनले हरेक क्षेत्रमा जस्तै विद्युत् क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने उनको भनाइ छ।
उनले भने,‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन्। यो क्षेत्रमा पनि छ। तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ।’