मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जेड’ आन्दोलन घोषणा गरेको छ।
आज एक कार्यक्रमबीच आन्दोलनको घोषणा गर्दै उक्त समूहले भोलि माइतीघरमा ११ बजे भेला हुन आव्हान गरेको हो।
भदौ २३/२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ। सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ।
कार्की सरकारले जेन जेड आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेतृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन्।
सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले बताएका छन्।




















