प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज (मंगलबार) उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक छलफल हुन लागेको हो।
राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका छन्।
राष्ट्रपति सचिवालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा कार्कीलाई पनि बोलाइएको पुष्टि गरेको छ।
तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।




















