चार थान पेस्तोल र ५८ राउण्ड गोली विष्णुमति खोला किनारमा फेला परेको छ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए। उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ।
बरामद पेस्तोल टाइप-५४ रहेको छ। सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो।
महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो। ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको हो।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो। उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ।




















