ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जरिबाना तिराएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो।