भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन्। 
उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो। मलाई लाग्छ,  लडाइँ हुन सक्ने अनुमान पहिले नै थियो। म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’
कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधवार हवाई आक्रमण गरेको हो।