नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधवार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 
यसअघि मङ्गलवार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मङ्गलवार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ।