झापा, मोरङ, सुनसरी र भोजपुरको विभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ वर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। 

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ वर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैंचा नगरपालिका-३ का २० वर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो।

यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ वर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ वर्षीय सञ्जय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ वर्षीय मौसम राई, भोजपुर-९ का २० वर्षीय रेन्जि शेर्पा, भोजपुर-५ का २० वर्षीय संगित राई, भोजपुर-७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई, भोजपुर-६ का २९ वर्षीय दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो।

लागूऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ।