धनकुटाको धनकुटा नगरपालिका-८ शिवबेशी का ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ।
हिजो आफ्नै खेत बारीमा धान गोडिरहेको आवस्थामा विद्युतको पोलबाट अचानक तार चुडिएर भुईमा झर्दा राईलाई करेन्ट लागि उनको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ।