अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमा स्थलमा रहेको पुल शुक्रवार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो।
भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो।
शनिवार राति छ वटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो।
मालवाहक गाडी पुल पार गरे लगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो।