सुनसरीको इटहरी उप-महानगरपालिका-१६ जब्दी स्थित मुरा खोलामा २ जना र भद्रपुर नगरपालिका-३ मेची खोलाको दोभानमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी-१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी-५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियार दहमा डुबेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागी सान्बी सिटी अस्पताल इटहरी पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।
यसैगरी, भद्रपुर-२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा साथीहरु संग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी किच्चकबदबाट खटिएको प्रहरी टोलीले खोजतलाशको क्रममा मृत अवस्थामा बालकलाई फेला पारेको थियो।