सुनसरीको इनरुवामा एक दम्पती आइतबार बिहान मृत फेला परेका छन्।
इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन्।
सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ।
सवेताको शव भने ओछ्यानमा फेला परेको छ। उनका अनुसार सुकदेवको शरीर अर्ध नग्न अवस्थामा छ। उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ। घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको उनले बताए।
आइतबार बिहान करिब ९ बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै डीएसपी योगराज खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।