सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो। टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरुसँग छलफल गरेको छ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो।
यसपछि आजै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम रहेको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो।




















